मोबाईल फोनमा नेपालीमा टाईप गर्नको लागि एप

यदि तपाईंले चलाईराख्नु भएको फोन एन्ड्रोईड फोन अथवा एप्पलको आईफोन हो र तपाई आफ्नो मोबाईल फोनमा नेपालीमा टाईप गर्न चाहनुहुन्छ भने सजिलैसंग गर्न सक्नुहुनेछ। तपाईंले यो वेबसाईट मार्फत आफ्नो मोबाईलमा सजिलैसँग नेपाली यूनिकोडको प्रयोग गरेर नेपाली टाईप गर्न सक्नुहुनेछ। तर तपाईंको मोबाईलमा सधैं इनटर्नेट न होला। त्यस्तो स्थितिमा तपाईंले मोबाईलको एप्लिकेसनको मार्फत मात्र नेपालीमा टाईप गर्न सक्नुहुनेछ।

अंग्रेजी अक्षरबाट नेपालीमा परिवर्तन गर्नको लागी गुगलको प्ले स्टोरमा केहि एपहरु छन्। तपाईंले त्यहाँ हाम्रो वेबसाईटको अधिकारीक एप पनि फेला पार्नुहुनेछ​। हाम्रो एप नेपालीमा टाईप गर्नको लागि उपयोगी छ। तर हामी तपाईँलाई हाम्रो एपको नाम मात्र दिन चाहनौँ। प्ले स्टोरमा भ​एका उपयोगी एपहरु यो लेखमा सूचीबद्ध रुपमा राखीएको छ।

यो लेखमा नेपाली किबोर्ड एपहरु चाहीँ राखीएको छैन​। त्यस्ता प्रकारको एपको लागी यो अर्को लेख पढ्नुहोस।

एन्ड्रोइड फोनको लागी

1. Nepali Typing

यो एप सानो र सरल तर कामलाग्दो छ​। यसले नेपाली अक्षर तुरुन्तै अंग्रेजीमा परिवर्तन गर्दछ​। यो एप हरेक पल्ट चलाउनको लागी इन्टर्नेटको आवश्यक्ता छैन। यो एपको सुविधा हाम्रो वेबसाइटको नेपाली परिवर्टन गर्ने सुविधा जस्तै छ​। यो एप प्रस्तुत गर्नको कारण नै हामीलाई हाम्रो वेबसाइटको सुविधा तपाईँको मोबाइल फोनसम्म पुर्याउने इच्छा भएकोले हो। त्यसैले हामीले यो एप सितैमा डाउनलोड गर्न मिल्ने गरि प्रकाशित गरेका छौं।

Nepali Typing App

यसमा तपाईँले माथीको बाकसमा अङ्रेजी अक्षरहरु टाईप गर्नुहोस। ति अक्षरहरु तलको बाकसमा तुरुन्तै नेपालीमा परिवर्तन भई आउनेछ। परिवर्तन भ​एपछि कपि गर्न​ र अक्षरहरु खाली गर्न सजिलो पारिएको छ​। हामीलाई यो एप चलाएपछि प्रतिक्रियाहरु पठाउन नबिर्सनुहोस। हामीले ति प्रतिक्रिया अनुरुप एपलाई भविष्यमा अवश्य सुधार्छौँ।

2. Type Nepali

हालसम्म ५ लाख भन्दा बढि एन्ड्रोईड मोबाईल प्रयोगकर्ताहरुले यो एप आफ्नो मोबाईलमा हालिसकेका छन्। ति प्रयोगकर्ताहरुको अनुसार यो “Type Nepali” एप मोब​ईलमा नेपालीमा लेख्नको लागि एक्दमै उपयुक्त छ। यो एपको खासियत भने, इनटर्नेट नहुँदा पनि यसमार्फत नेपालीमा लेख्न मिल्छ।

Type Nepali by Nepalayas

डाउन्लोड गरेपछि यो एप खोल्नुस्। यूनिकोड वेबसाईतहरु जस्तै यसमा पनि टाईप गर्न मिल्ने ठाउँ हुन्छ। त्यहाँ अङ्रेजीमा टाईप गर्नुस र तुरुन्तै ति अक्षरहरु देवनागरीमा परिर्वतन हुनेछ। त्यसपछि तपाईँले कपि पेस्ट गरेर ति शब्दहरुको प्रयोग गर्न सक्नु हुनेछ। यस एपमा कपि सजिलैसँग गर्न मिल्ने सुविधा छ।

3. Type Nepali – abc2कखग

यो चाहीँ प्ले स्टोरको दोस्रो प्रसिद्ध एप हो। यसमा तपाईँले अङ्रेजी-नेपाली परिवर्टन बाहेक हिज्जे सुझाव पनि पाउनुहुनेछ​। हरेक शब्दको सहि हिज्जे प्रयोग गर्नको लागी यो एप एकदमै काम लाग्छ​।

ABC 2 Ka Kha Ga

यो एपको तल्लो भागमा कपि गर्न तथा सिधै ईमेल, एस एम एस गर्ने सजिलो सुविधाहरु छन्। तिनीहरुको प्रयोग गरेर नेपाली टाईप गर्दा लाग्ने समय बच्नेछ​।

एप्पलको आईफोन र आईप्याडको लागी

  • Type Nepali (Nepalayas): यो माथि सूचीट गरिएको एपको आईओएस संस्करण। यसलाई प्रयोग गरेर आईफोन तथा आईप्याडमा नेपालीमा टाईप गर्नुस्।
  • Type Nepali – abc2कखग​: यो पनि माथी उल्लेखित गरिएको एपको आईओएस संस्करण।
  • Type Nepali (राज बाला): यो चाहिँ एप्पलको प्रयोगकर्ताको लागि अर्को विकल्प।

अन्त्यमा भन्नु पर्दा

यी एपहरू नेपाली अथवा देवनागरी चलाउनको लागि निकै उपयोगि छ। तपाईंलाई मनपर्ने चाहिँ डाउनलोड गरेर आफ्नो मोबाईलमा राखीराख्नोस। कुनै पनि समय नेपालीमा लेख्नु परेमा काम आउनेछ​।