गुगलको स्ट्रीट भिउ नेपालमा

गूगल स्ट्रीट भिउ भन्ने गूगलको नक्सा हेर्ने सुविधा हो। यस द्वारा विश्वको धेरै ठाउँ तथा सहरहरुको सडकहरुमा पुगे जस्तै गरेर नक्सा हेर्न मिल्छ।

हालसम्म गूगल स्ट्रीट भिउ विश्वको ४८ वटा देशहरुको ठाउंहरु हेर्न मिल्छ। नेपालको सहरका बाटो तथा गल्लीहरु हेर्न नमिले पनि गूगल स्ट्रीट भिउमा नेपालमा भएका उच्च हिमश्रीन्खलाहरु भएका ठाउंहरु घुमेको जस्तो गरी हेर्न मिल्छ। यस अन्तर्गत नेपालको प्रसिद्द बजार नाम्चे बजार पर्दछ।

नाम्चे बजार

नाम्चे बजार भनेको सगरमाथाको प्रवेश द्वार हो। यो बजार सगरमाथा चढ्नु भन्दा अगाडी आउने एउटा मुख्य बजार हो। यो ठाउं एकदमै प्रसिद्द छ। गूगल स्ट्रीट भिउ द्वारा नाम्चे बजार पुगेको जस्तै पुरै घुम्न मिल्छ। अनलाईनमा यो ठाउंको सबै भागहरु राम्ररी हेर्न मिल्छ। यता उता क्लिक गरेर यस ठाउंको भ्रमण गर्न मिल्छ। त्यसो गर्नको लागि यहाँ क्लिक गर्नुस। माथिको नाम्चे बजारको तस्बिरमा क्लिक गरेर पनि नाम्चे बजार को स्ट्रीट भिउ हेर्न मिल्छ।

गुगलको स्ट्रीट भिउमा हामीहरुले आफै तस्बिर खिचेर पनि संसारलाई देखाउन मिल्छ। थुप्रै व्यक्तिहरुले यसरी खिचेका तस्बिरहरु हाल गुगल म्यापमा छन्।

ति मध्ये कुनै राम्राहरु निम्न हुन्:

सगरमाथा बेस क्याम्प
काला पत्थर
पाटन दरबार क्षत्र

नेपालको अन्य ठाउँहरु भविस्यमा आउने सम्भावना छ। तर अहिले भने नेपालको उच्च श्रीन्खलाहरु भएका क्षत्रहरु हेर्दै गरौँ।