नेपालको दक्षिण एसियाली फूटबलको यात्रा

तपाईले अहिलेसम्म सुन्नु अथवा हेर्नु भएको छैन भने, यो बर्ष नेपालमा भएको सबभन्दा ठुलो अन्तर्राष्त्रिय कार्यक्रम दक्षिण एसियाली फूटबल भएको थियो। यो कार्यक्रम दक्षिण एसियाली मुलुकहरुका बिच पुरुषतर्फ हुने फूटबल प्रतियोगिता हो। नेपालमा हालसम्म भएको खेलकुद प्रतियोगिता मध्ये यो सबैभन्दा ठुलो मान्न सकिन्छ। यस हिमाली मुलुकको दसौ हजार दर्शकहरुको बिच यो प्रतियोगिता सम्पन्न भयो।

Rangashala Day 1

खेलकुद हेर्न मन पराउने दर्शकहरुले दशरथ रंगशाला: नेपालको सबैभन्दा ठुलो रंगशाला भरिपुर्ण बनाएर, नेपाली फूटबल टोलीको समर्थन गरेका थिए। नेपालका हरेक घर घरमा साफ खेलको चर्चा थियो। सन् २०५० को सुरुवातदेखि, नेपालले साफ खेलमा भाग लिंदै आएको छ। नेपालले साफमा भाग लिएको यो दसौ पटक हो। अहिले भएको यो साफ नेपालमा दोस्रोपटक आयोजित भएको हो। नेपालमा वि। सं। २०५४मा पहिलो पटक साफ आयोजित भएको थियो।

नेपाल आयोजक राष्ट्र भएको हुनाले पहिलो खेलमा नेपालले भाग लियो। पहिलो खेलमा बंगलादेशसंग नेपालले फूटबल प्रतियोकितामा भिडेको थियो। यो खेल २०७० साल भदौ १५ गते शनिबारको दिन बेलुका ६:३० बजे सुरु भयो। खेलकुदमा रुचि भएकाहरुले दशरथ रंगशालामा गएर यो पहिलो खेल हेरे। ति दर्शकहरुको संख्याले रंगशाला पुरै भरिएको थियो। बाकी दर्शकहरुले भने टेलिभिजनवाटै यो खेलको मनोरंजन लिएका थिए। अन्तर्राष्त्रिय दर्शकहरुले चाही अन्लाईन इन्टरनेट मार्फत YouTube द्वारा हेरे।

नेपाल र बङ्लादेश नेपालको लागि यो पहिलो खेल एउटा उत्कृष्ट सुरुवात थियो। नेपालले दुइ गोल हानेर बंगलादेशलाई २-० ले पराजित गर्न सफल भएको थियो। ति दुवै गोल नेपालले खेलको पहिलो हाल्फ़मा नै हान्न सफल भएको थियो। दर्सकहरुको ठुलो ताली पिटेको आवाजसंगै नेपालले यो खेल जितेको थियो। सबै नेपाली फूटबल प्रेमीहरु यो दिन खुसि भएर घर फर्के।

नेपालको दोस्रो खेल पाकिस्तानसंग थियो। यो खेल २०७०, भदौ १८ मंगलबारको दिन बेलुकी ६:३० बजे भएको थियो। यो खेल हेर्न झन् धेरै फूटबल प्रेमीहरुले रोचकता देखाएका थिए। यो खेलको टिकट यस अघिको खेल भन्दा चाडै बिक्यो। दर्शकहरुले राष्ट्रिय झन्डा बोकी, अनुहारमा विभिन्न आकारहरु बनाएर र नेपाली फूटबल टोलीको जर्सी लगाएर आफ्नो समर्थन देखाएका थिए।

नेपाल र पाकिस्तानदोस्रो खेल भने नेपालको लागि त्यति सजिलो भएको थिएन। खेलको पहिलो १४औ मिनेटमा पाकिस्तानले गोल हान्न सफल भएको थियो। पहिल्यै गोल खाएको हुनाले नेपाली टोलीलाई गाह्रो भएको थियो। कयौ पटक नेपालले गोल फर्काउन खोजे पनि सफल हुन सकेन। आखिर खेलको ९० मिनेट नै सकियो र ४ मिनेट थप समय दिइयो। पाकिस्तान अझै खेलमा अघि नै थियो। कति दर्शकहरु हार मानेर रंगशाला बाहिर गएको पनि देखियो। तर, यो थप समएमा नेपालले चमत्कार गरि ९२औ मिनेटमा एउटा गोल फर्काउन सफल भयो। खेल बराबरीमा पुग्यो र दर्शकहरुले ठुलो आवाजमा कराएर आफ्नो खुशिपना देखाए। यो खेल बराबरीमा नै टुंगियो र नेपाली टोलीका हजारौ समर्थकहरु खुशिपना बोकेर घरतिर लागे।

धेरैले भने साफ प्रतियोगितामा नेपालको तेस्रो खेललाइ बढी प्राथमिकता दिएका थिए। नेपालको यो खेल सबभन्दा नजिकको छिमेकी राष्ट्र भारतसंग हुँदै थियो। भारत भने नेपालको लागि एउटा गाह्रै प्रतियोगी मानिन्थ्यो। तर नेपालको खेल हेरेर नेपाली टोलीले भारतलाई हराउने ठुलो आशा थियो। नेपालले पहिला भन्दा धेरै राम्ररी खेल्दै आएको थियो।

दक्षिण एसियाली फूटबल: नेपाल र भारतको खेल

नेपालको यो तेस्रो खेल भने अपराह्न ३:३० बजे २०७० भदौ २० गते बिहीबार भएको थियो। सबैजना यो खेल हेर्न आतुर भइरहेका थिए। नेपालले आफ्नो छिमेकिसंग एकदम राम्रो खेल देखाएर १ को विरुद्ध २ गोल हानी जितेको थियो। भारतले खेलको अन्तिम समयमा मात्र १ गोल फर्काउन सफल भएको थियो। नेपाल त्यो दिनको विजेता भयो। दर्शकहरु सबै समर्थिन रुपमा चिचाएर, उफ्रेर, नाचेर र हात मिलाएर यो ऐतिहासिक जित मनाएका थिए।

नेपाल समूह बिजेता
श्रोत: विकिपीडिया
नेपाल यी दुइ जित र एउटा बराबरीमा टुंगिएको खेलले गरेर आफ्नो खेल समुहको प्रथम श्रेणीमा समेत पुगेको थियो। नेपाल स्वतः सेमी फाइनलमा पुग्यो। सेमी फाइनलको लागि नेपालको प्रतियोगी अफघानिस्तान थियो। यो सेमी फाइनल भने २०७० साल भदौ २३ गते आईतवार भएको थियो। खेलका टिकटहरु बेच्न सुरु गरेको केहि समय पछि नै सकिएका थिए। हजारौ व्यक्तिहरु टिकट नपाएर दु:खित भएका थिए। टिकट पाउनेहरु त त्यो दिन भाग्यशाली नै थिए। त्यो दिन रंगशाला बाहिर थुप्रै मान्छे को भिड थियो। कोहि भित्र जानलाई लाइनमा बसिरहेका थिए भने, कोहि झन्डा बेच्दै थिए र कोहि अनुहारमा रंग लगाउन्दै थिए। सबैलाई आज पनि नेपाल जित्छ भन्ने आशा थियो।

अभाग्यबश, अफघानिस्तानले पहिलो गोल हान्यो। यो गोल भने नेपाको गल्तीले छिरेको थियो। १ – ० मा नै यो खेल रहीरह्यो। नेपालले गोल हान्ने धेरै मौकाहरु गुमाए। नेपालले एउटा पेनाल्टी पनि गुमाएको थियो। यसरी नै खेलको समय सकियो र नेपालले फूटबलमा हारको सामना गर्नु पर्यो। दर्सकहरु दु:खि भए र यो साल पनि नेपाल साफ खेलको फाइनलमा पुग्न सफल भएन। नेपाल अहिलेसम्म साफको फाइनलमा कहिले पुगेको छैन।

तर यति मान्नु पर्छ कि नेपालको यो पटकको अन्तर्राष्त्रिय फूटबल खेल प्रदर्शनमा पहिला भन्दा धेरै सुधार आएको छ। नेपालले पनि एकदम राम्ररी फूटबल खेल्न सक्छ भनेर यी खेलहरुले देखाएका छन्। हाम्रो टोलीको खेल बर्षे पछि राम्रो हुँदै गएको छ। फूटबलको लागि पनि भनेर नेपालमा सहारा एकेडमी जस्ता संस्थाहरु छन्। नेपालको फुटबलमा भविस्य उज्यालो नै देखिन्छ। नेपाली टोलीले भबिस्यमा ठूला ठूला खेलहरुमा जित्ने सम्भावना बढी छ।

तपाईंलाइ इछ्या लाग्छ भने YouTube मा गएर नेपालमा भएका साफ फूटबल खेलहरु हेर्न सक्नु हुनेछ। नेपालको साफ फूटबल खेलहरु निम्न हुन्:


नेपाल र पाकिस्तान
नेपाल र पाकिस्तान
पूरै खेल
मूख्य भागहरु मात्रनेपाल र अफघानिस्तान
नेपाल र अफघानिस्तान
पूरै खेल
मूख्य भागहरु मात्र