नेपाली एफ. एम. रेडियो अनलाईन् एन्द्रोइद फोनबाट कसरी सुन्ने

नेपाली एफ.एम. तथा रेडियोहरुमा प्रशारण हुने रोचक कार्यक्रमहरु सुन्न सधै रमाईलो हुन्छ। विदेशमा बसेर पनि नेपालको रेडियो सुन्ने धेरैको चाहना हुन्छ। अहिले बजारमा जता ततै पाइने र सबैले बोक्ने मोबाईल फोन तथा इन्टरनेट द्वारा नेपालमा बज्ने रेडियो सुन्न सकिन्छ। येदि तपाईंको फोन एन्द्रोइद (Android) फोन हो भने यस्तो गर्न सजिलैसंग मिल्छ। एन्द्रोइद फोनमा एप (App/Application)हरु राखेर नेपाली रेडियो सुन्न मिल्छ।

रेडियोहरुले प्रशारण गरिरहेको बेलामा मात्र फोनबाट सुन्न सकिन्छ। एन्द्रोइदको लागि भनेर यस्ता धेरै एपहरु छन्। तिनीहरु निम्नानुसार हुन्:

रेडियो नेपाली (Radio Nepali)

Radio Nepaliयसद्वारा नेपालको ८० ओत भन्दा बादी रेडियो तथा एफ।एम। स्टेशनहरु सुन्न सकिन्छ।

 


नेपाली एफएम रेडियो (Nepali FM Radio)

Nepali FM Radioयसमा भने झन् बढी १५० वटा जति नेपालभरी प्रसारण हुने रेडियो स्टेशनहरु सुन्न सकिन्छ।

 


रेडियो नेपाली सङ्ग्स – म्युजिक एफएम (Radio Nepali Songs – Music FM)

Radio Nepali Songs - Music FMयो आफ्नो फोनमा राखे पछि ९० ओत राष्ट्रिय रेडियो स्टेशनहरु अन्लैइन सुन्न मिल्छ।

 


नेपाली रेडियो (Nepali Radio)

Nepali Radioयसमा पनि चलिआएका रेडियो प्रशारणहरु इन्टरनेट जोडेपछि सित्तैमा सुन्न मिल्छ।

 


ट्युन इन् रेडियो (Tune-it Radio)

Tune-it Radioनेपाल भनेर खोजेपछि यसले नेपालमा हाल प्रशारण भइराखेको सब रेडियो तथा एफएम फोनबाट सुन्न मिल्ने बनाईदिन्छ।