१० उत्कृष्ट पुराना नेपाली गीतहरु

नेपाली संगीतले एउटा लामो यात्रा पार गरेर आजको स्थानमा पुगेको छ। यो यात्रा एकदमै रोचक थियो। अहिले रेडियो, टेलिभिजन तथा इन्टरनेटमा नेपाली गीतहरु सुन्दा तिनीहरुमा पश्चिमी संस्कृतिको धेरै असर झल्केको देखिन्छ। तर एउटा लामो यात्रा गरेर २० बर्ष जति वा सो भन्दा बढी अघि जाने हो भने शुद्ध नेपाली संगीतहरुको उद्धाहरण धेरै भेटिन्छ। त्यो बेलामा रेडियो भनेको मनोरन्जनको एउटा महत्वपुर्ण श्रोत थियो। त्यति बेलाको धेरै गीत आजको भन्दा धेरै फरक सुनिन्थ्यो। टेलिभिजनको सुरुको प्रवेश पछि पनि नेपाल टि.भी. को मात्र प्रकाशन हुन्थियो।

त्यहि समयमा नारायण गोपाल, तारा देवी तथा अरुण थापा जस्ता उत्कृष्ट संगीतकारहरुको संगीत चर्चित थियो। रेडियो भएको हरेक घर र हरेक टोलमा उहाँहरुकै गीत गुञ्जिन्थ्यो। त्यति बेलाका संगीतकारहरुलाई संगीत गाउन तथा रेकर्ड गर्न कुनै आधुनिक उपकरणहरुको जरुरत थिएन। नेपाली चलचित्रका गीतहरु पनि त्यति बेलामा एकदमै चर्चित थिए। ति गीतहरुको आफ्नै महत्व थिए। ति गीतहरुले धेरैका मन छुन सकेका थिए। यो लेख त्यस्ता गीतहरुको सम्झनाको लागि लेखिएको हो।

म तपाईलाई १० वटा पुराना तथा रोचक नेपाली गीतहरु सुनाउन चाहन्छु। यो लेखमा भएका गीतहरु मात्रै रमाईला पुराना नेपाली गीतहरु होइनन्। यो सूचीमा भएका गीतहरु मैले छानेका १० वटा गीतहरु हुन्। यी गीतहरुले तपाईलाई तपाईको बाल्यकालको धुनहरुको सम्झना अवश्य गराउने छ। मैले नारायण गोपाल जी को बाहेक एउटा गीतकार को एउटै मात्र गीत राखेको छु।

सूचि निम्न प्रकारको छ:

१. एउटा मान्छेको – नारायण गोपाल

स्व. नारायण गोपाल गुरुआचार्य, “स्वोर सम्राट”को नामले पनि चर्चित थिए। उहाँ अहिलेसम्म नि सोहि नामले प्रख्याँत हुनुहुन्छ। उहाँले बियोगान्त गीतहरु गाएर धेरै टुक्रिएका मुटुहरुलाई सम्हाल्न खोजेका थिए। उहाँको स्वर यति शक्तिशाली थियो कि, उहाँले जस्तो किसिमको गीत पनि गाउन सक्नुहुन्थ्यो। “एउटा मान्छेको”, “यो सम्झिने मन छ” र “केहि मिठो” जस्ता अनन्त गीतहरु उहाँले नै गाएका थिए। आजसम्म पनि उहाँको गीतहरु उत्तिकै प्रख्यात छन्।

२. उकाली ओराली – तारा देवी

कोइलि को जस्तो सुन्दर आवाज भएको हुनाले तारा देवीको अर्को पहिचान नेपालकी कोहिली पनि थियो। उहाँले आफ्नो जीवनकालमा हजारौ गीतहरु रेकर्ड गर्नुभएको थियो। नेपालका जनताहरु उहाँको र्राष्त्रप्रेमी गीतहरु सुनेर मग्न हुने गर्थे। उहाँले माया प्रितीको विषयमा पनि गीतहरु गाउनुभएका थिए। “उकाली ओराली” तारा देवीको सबभन्दा चर्चित गीत हो। उहाँको सुन्दर स्वरको उद्धाहरण यो गीतमा सुन्न सकिन्छ। यो गीतको रचनाकार भने चाँदनी शाह हो र संगीतकार भने नाती काजी हो। यो गीत कहिले पनि हराउन सक्दैन।

३. असारै महिनामा – छुजाङ दुक्पा

यो गीतमा एउटा व्यक्तिले आफ्नो गाउँ र परिवार छोडेर कम्पनि सहर जानु परेकोमा दु:ख व्यक्त गरेको छ। त्यति बेलाको यो एकदमै घतलाग्दो गीत थियो। यो गीत आजसम्म धेरै ले गाएका छन्। इन्डियन आइडल विजेता प्रशान्त तामांगले पनि यो गीत रेकर्ड गरेको छ। तर यो असली गीत जस्तो अर्को कुनै पनि छैन।

४. ए कान्छा मलाई – अरुणा लामा

अरुणा लामाको स्वर पनि एकै किसिमले सुन्दर छ। उहाँका गीतहरु धेरैले मन पराएका छन्। यो गीत “ए कान्छा मलाई” उहाँको चर्चित गीतहरु मध्ये एक हो। सुन्नुस र रमाउनुस्।

५. मोहनी लाग्ला है – चलचित्र: चिनो – नारायण गोपाल र आशा भोसले

यो सूचिमा नारायण गोपालको गीत मात्र एकपटक दोहोरिएको छ। यो गीत नारायण गोपाल र आशा भोसले ले गाउनु भएको हो। आशा भोसले एक चर्चित भारती गायक हुन्। चलचित्र चिनो र यसको गीत मोहनी लाग्ला है पनि त्यति बेलामा अभिनेता शिव श्रेष्ठ संगै प्रख्यात भएको थियो।

६. जति माया लाए – अरुण थापा

“जति माया लाए पनि” अरुण थापाको एउटा पुरानो तथा घतलाग्दो गीत हो। यो गीतले तपाईको मन जित्न अवस्य पनि सफल हुनेछ।

७. आगे आगे टोपैको गोला – डेनी डेन्जोङ्पा र आशा भोसले

“चिसो चिसो हावामा” तथा “रातोरानी फुलेझैँ वनमा” जस्ता प्रख्यात गीत गाउने डेनी र आशा भोसले मिलेर यो गीत गाएको हो। यो गीत इन्टरनेटमा फेसबुक जस्तै सामाजिक संझालहरुमा साह्रै चर्चित छ।

८. कुसुमे रुमाल – उदित नारायण झा र दीपा झा

यो गीत प्रख्यात चलचित्र कुसुमे रुमालको मुख्य गीत हो। यो गीत उदित नारायण झा र दीपा झाको एकदमै चर्चित गीत हो।

९. गाजलु ति ठुला ठुला आँखा – गुलाम अलि

यो गीत गुलाम अलिले एकदमै राम्रो र यादगार लयमा गाएको गीत हो। धेरै संगीतकार तथा गायकहरुले यो गीत फेरी गाएका छन्। यो गीतको रचनाकार महेन्द्र शाह हुन्।

१०. देउराली उकाली – सरोज गोपाल

सन् २०३२ – २०३४ मा यो गीतले धेरै प्रख्याति हाँसिल गरेको थियो। रेडियोमा सधै यो गीत बज्थ्यो। यो सूचिको सब भन्दा पुरानो गीत नै यहि होला।

एउटा थप गीत

मखमली चोलो – मीरा राणा

पुराना नेपाली गीतहरु मनपर्नेहरुलाई यो एउटा थप गीत यो सूचीमा हाल्दै छु। यो गीतको नाम मखमली चोली हो र गायकारकी नाम मीरा राणा हो। यो गीत अरु गीतहरु भन्दा छिटो लयमा गाईन्छ र यो गीतले नेपाली संगीतको आधुनिक उधाहरण हो।

मलाई लाग्छ कि तपाईलाई यो सूचि रमाइलो नै लाग्यो। यो सूचीमा मैले अझ धेरै नेपाली गीतहरु त राख्न चाहेको थियो तर १० वटाको सूची बनाउने मेरो सोच थियो। धेरै राम्रा तथा रोचक पुराना नेपाली गीतहरु अझै बाँकी छन्। तपाईलाई रुचि छ भने तपाईले ति सबै गीतहरु YouTube मा भेट्टाउनु हुनेछ। ती गीतहरु सुनेर रमाइलो गर्नुस् र कुनै गीत राम्रो लागे तल टिप्पणीमा चर्चा गर्नुहोला।