नेपाल टेलिकमको ADSL समाप्ति मिति एस्. एम्. एस्. बाट कसरी थाहा पाउने

नेपाल टेलिकमको ADSL सेवा नेपालको सबैभन्दा व्यापक प्रयोग हुने इन्टरनेट सेवा हो। यो सेवा नवीकरण गर्दा, एक वा एक भन्दा बढी महिनाको लागि भुक्तानि गर्न सम्भव छ। यो सेवा नवीकरण पछि, कहिलेकाहीं आफ्नो इन्टरनेटको समाप्ति मिति थाहा पाउन गाह्रो पर्छ। प्रायः मिति भुल्ने वा रसिद हराउने कारणले यस्तो हुने गर्छ। धेरैजसो तपाईंले एक महिना भन्दा बढी भुक्तानी तिर्दा समाप्ति मिति कहिले हो भनेर याद हुँन्दैन।

अचानक इन्टरनेट सेवा समाप्त भएको थाहा पाउँदा रमाईलो हुँदैन। नवीकरण मिति अगाडि नै थाहा पाएमा समयमा महसूल तिरेर इन्टरनेट सेवाबाट वञ्चित हुनु पर्दैन। इन्टरनेट समाप्ति मिति थाहा पाउन विभिन्न उपायहरू छन। हामीले नेपाल टेलिकमको एस्. एम्. एस्. सेवा प्रयोग गरि इन्टरनेट समाप्ति मिति थाहा पाउन सकिन्छ। यो विधि छिटो र पीडारहित छ।

आफ्नो ADSL प्याकेज को समाप्ति मिति थाहा पाउन:

निम्न ढाँचाको एस्. एम्. एस्. सन्देश १४०० मा पठाउनुहोस्।

ADSL <ल्यान्डलाइन फोन नम्बर>

आफ्नो ADSL जडान गरिएको ल्यान्डलाइन नम्बर टाईप गर्नुहोला।

उदाहरणका लागि आफ्नो मोबाईल फोनको एस्. एम्. एस्. सन्देश रचना बक्समा टाईप गर्नुहोस्:

ADSL 014421700

र त्यसपछि १४०० मा पठाउनुहोस्।

हाम्रो सन्देश पुगेको केहि क्षणमा, ADSL इन्टरनेटको समाप्ति मिति मोबाईलमा एस्. एम्. एस्. भई आउनेछ। सामान्यतया यो प्रक्रिया एकै क्षणमा पुरा हुन्छ।

यो प्रक्रियाको मोबाईलबाट खिचिएको फोटो स्क्रिनसट:

नेपाल टेलिकमको ADSL समाप्ति मिति एस्. एम्. एस्. बाट