नेपालमा वि.सं. २०७१ सालमा पर्ने सार्वजनिक बिदाहरु

नयाँ वर्ष अर्थात वि. सं. २०७१ को सुरुवात भएको छ। नेपालमा हप्ताको एक दिन मात्र बिदा हुने कुरा हामी सबैलाई थाहा नै छ। यो एक दिन मात्र हुने छुट्टि पर्याप्त छैन भन्ने गुनासो त छँदै छ। तर नेपालमा धेरै चाडपर्वमा बिदा मानिने हुनाले हप्ताको एक दिन छुट्टि पनि पर्याप्त छ भन्ने तर्कर छ।

नेपाल सरकारले आधिकारिक रूपमा थुप्रै पर्वहरुमा बिदा घोषणा गरेको छ। विभिन्न जातजातीले मनाउने विभिन्न चाडपर्वहरुमा हेरि हेरि बिदा दिने चलन छ। सबै निजी कार्यलयहरुले भने सोहि सरकारी बिदा अनुसार छुट्टि दिने चलन छैन। तर सरकारी कार्यालयहरु भने यी आधिकारिक बिदाहरुका दिन बन्द हुन्छन्।

यो पोष्टमा नेपालमा हुने सबै सार्वजनिक बिदाहरुको सूची तयार गरिएको छ। धेरै पर्वहरु मिती अनुसार नमनाईने हुनाले यो सूची वि. सं. २०७१ सालको लागि मात्र लागू हुन्छ। यस सूचीमा पर्व नपर्ने शनिबारहरु राखिएका छैनन्।

नेपाल अधिराज्यमा वि. सं. २०७१ सालमा पर्ने बिदाहरुको सूचि:

बैशाख १अप्रिल १४, २०१४सोमबारनव वर्ष
बैशाख ११अप्रिल २४, २०१४बिहीबारलोकतन्त्र दिवस
बैशाख १८मे १, २०१४बिहीबारमाज्दुर दिवस
बैशाख ३१मे १४, २०१४बुधबारबुद्ध जयन्ति
जेठ १५मे २९, २०१४बिहीबारगणतन्त्र दिवस
श्रावण २५अगस्त १०, २०१४आईतबारजनैपूर्णिमा / रक्षाबन्धन
श्रावण २६अगस्त ११, २०१४सोमबारगाईजात्र (काठमाडौँ उपत्यकालाई मात्र)
भदौ १अगस्त १७, २०१४आईतबारश्री कृष्ण जन्माष्टमी
भदौ १२अगस्त २८, २०१४बिहीबारतीज
१०भदौ १४अगस्त ३०, २०१४शनिबारऋषिपञ्चमी (महिलालाई मात्र)
११भदौ १७सेप्टेम्बर २, २०१४मंगलबारगौरा पर्व
१२भदौ २३सेप्टेम्बर ८, २०१४सोमबारइन्द्र जात्रा (काठमाडौँ उपत्यकालाई मात्र)
१३आश्विन ९सेप्टेम्बर २५, २०१४बिहीबारघटस्थापना
१४आश्विन १५अक्टोबर १, २०१४बुधबारफूलपाती
१५आश्विन १६अक्टोबर २। २०१४बिहीबारमहाष्टमी
१६आश्विन १७अक्टोबर ३, २०१४शुक्रबारमहानवमी/विजया दशमी
१७आश्विन १८अक्टोबर ४, २०१४शनिबारएकादशी
१८आश्विन १९अक्टोबर ५, २०१४आईतबारद्वादशी
१९आश्विन २१अक्टोबर ७, २०१४मंगलबारकोजाग्रत पूर्णिमा
२०कार्तिक ६अक्टोबर २३, २०१४बिहीबारलक्ष्मी पूजा
२१कार्तिक ७अक्टोबर २४, २०१४शुक्रबारम्ह पूजा / गोवर्धन पूजा
२२कार्तिक ८अक्टोबर २५, २०१४शनिबारभाइटीका
२३कार्तिक १२अक्टोबर २९, २०१४बुधबारछठ पर्व​
२४कार्तिक २०नोभेम्बर ६, २०१४बिहीबारगुरु नानक जयन्ती (सिख धर्म मान्नेलाई)
२५मंसिर २०डिसेम्बर ६, २०१४शनिबारयः मरि पुन्हि
२६पौष १०डिसेम्बर २५, २०१४बिहीबारक्रिस्मस
२७पौष १५डिसेम्बर ३०, २०१४मंगलबारतमु ल्होसार
२८माघ १जेनवरी १५, २०१५बिहीबारमाघे संक्रान्ती
२९माघ ७जेनवरी २१, २०१५बुधबारसोनम ल्होसार
३०माघ ११जेनवरी २५, २०१५आईतबारसरस्वती पूजा (कुनै शैक्षिक संस्थामा मात्र)
३१माघ १६जेनवरी ३०, २०१५शुक्रबारशहीद दिवस
३२फाल्गुन ५फेब्रुअरी १७, २०१५मंगलबारमहाशिवरात्रि
३३फाल्गुन ७फेब्रुअरी १९, २०१५बिहीबारप्रजातन्त्र दिवस/ग्याल्बो ल्होसार
३४फाल्गुन २१मार्च ५, २०१५बिहीबारफागु पूर्णिमा
३५फाल्गुन २२मार्च ६, २०१५शुक्रबारतराईमा होली (तराईमा मात्र)
३६फाल्गुन २४मार्च ८, २०१५आइतबारनारी दिवस
३७चैत्र ६मार्च २०, २०१५शुक्रबारघोडे जात्रा (काठमाडौँ उपत्यकामा मात्र)
३८चैत्र १४मार्च २८, २०१५शनिबाररामनवमी

पर्व परेका तर बिदा नभएका दिनहरु

बैशाख १६एप्रील २९, २०१४मंगलबारआमाको मुख हेर्ने दिन
श्रावन ९जुलाई २५, २०१४शुक्रबारगठा मुग:
श्रावन १६अगस्त १, २०१४शुक्रबारनाग पंचमी
भदौ ८अगस्त २५, २०१४सोमबारबुबाको मुख हेर्ने दिन
भदौ २९सेप्टेम्बर १४, २०१४आईतबारबाल दिवस
आश्विन १सेप्टेम्बर १७, २०१४बुधबारविश्वकर्मा पूजा
कार्तिक ४अक्टोबर २१, २०१४मंगलबारकाग तिहार
कार्तिक ५अक्टोबर २२, २०१४बुधबारकुकुर तिहार
मंसिर ५नोभेम्बर २१, २०१४शुक्रबारबाला चतुर्दशी
१०मंसिर ११नोभेम्बर २७, २०१४बिहीबारविवाह पञ्चमी
११पौष ७डिसेम्बर २२, २०१५सोमबारतोल ल्होसार
१२पौष २०जेनवरी ४, २०१५आईतबारश्री स्वस्थानी ब्रतारम्भ
१३पौष २९जेनवरी ११, २०१५आईतबारपृथ्वी जयन्ती
१४माघ ११जेनवरी २५, २०१५आईतबारसरस्वती पूजा
१५चैत्र १३मार्च २७, २०१५शुक्रबारचैते दशैं

यस वर्षको बिदाहरुका बारेमा केही रमाईला तथ्यहरु

  • यो साल राष्ट्रभरी सबैलाई लागु हुने छुट्टिहरु ३१ दिन छन्।
  • राष्ट्रभरी लागु हुने बिदाहरुमा ४ दिन एकादशी (दशैंको), भाइटिका, यः मरी पुन्हि र राम नवमी शनिवार पर्छन्।
  • जम्मै बिदामा ७ वटा बिदाहरु भने सबैका लागी होइनन्। उदाहरणको लागि गाईजात्रा बेलामा काठमाण्डौ उपत्यकामा मात्र बिदा हुन्छ।
  • क्षेत्रीय तथा जातीय गरेर कुल ३७ दिन बिदा हुन आउँन्छ।
  • धेरै बिदाहरु बिहीवारको दिन परेका छन्। यो बर्ष १२ वटा बिहीवारहरु छुट्टि हुन्।
  • असार महिनामा कुनै दिन पनि बिदा छैन।
  • आश्विनमा दशैं पर्ने हुनाले, यो महिना सबैभन्दा बढी बिदा छन्। दशैंको ६ दिन र ४ वटा शनिबार गरेर यो महिना जम्मा १० दिन बिदा छन्।
  • यो वर्ष महानवमी र विजया दशमी एकै दिनमा पर्दछ​।
  • यो वर्ष ५२ वटा शनिवार छन्।