नेपाली एफ. एम. रेडियो अनलाईन् एन्द्रोइद फोनबाट कसरी सुन्ने
नेपाली एफ.एम. तथा रेडियोहरुमा प्रशारण हुने रोचक कार्यक्रमहरु सुन्न सधै रमाईलो हुन्छ। विदेशमा बसेर पनि नेपालको रेडियो सुन्ने धेरैको चाहना हुन्छ। अहिले बजारमा जता ततै पाइने र सबैले बोक्ने मोबाईल फोन तथा इन्टरनेट द्वारा नेपालमा बज्ने रेडियो सुन्न सकिन्छ। येदि तपाईंको फोन एन्द्रोइद (Android) फोन हो भने यस्तो गर्न सजिलैसंग मिल्छ। एन्द्रोइद फोनमा एप (App/Application)हरु राखेर नेपाली रेडियो सुन्न मिल्छ।
रेडियोहरुले प्रशारण गरिरहेको बेलामा मात्र फोनबाट सुन्न सकिन्छ। एन्द्रोइदको लागि भनेर यस्ता धेरै एपहरु छन्। तिनीहरु निम्नानुसार हुन्:
रेडियो नेपाली (Radio Nepali)
यसद्वारा नेपालको ८० ओत भन्दा बादी रेडियो तथा एफ।एम। स्टेशनहरु सुन्न सकिन्छ।
नेपाली एफएम रेडियो (Nepali FM Radio)
यसमा भने झन् बढी १५० वटा जति नेपालभरी प्रसारण हुने रेडियो स्टेशनहरु सुन्न सकिन्छ।
रेडियो नेपाली सङ्ग्स – म्युजिक एफएम (Radio Nepali Songs – Music FM)
यो आफ्नो फोनमा राखे पछि ९० ओत राष्ट्रिय रेडियो स्टेशनहरु अन्लैइन सुन्न मिल्छ।
नेपाली रेडियो (Nepali Radio)
यसमा पनि चलिआएका रेडियो प्रशारणहरु इन्टरनेट जोडेपछि सित्तैमा सुन्न मिल्छ।
ट्युन इन् रेडियो (Tune-it Radio)
नेपाल भनेर खोजेपछि यसले नेपालमा हाल प्रशारण भइराखेको सब रेडियो तथा एफएम फोनबाट सुन्न मिल्ने बनाईदिन्छ।
Comments ( )