नेपाली झन्डा बनाउने तरिका

हामी सबैलाई थाहा छ कि नेपालको झन्डा अरु देशहरुको भन्दा भिन्दै छ। दुइटा त्रिकोणात्मक आकार भएको हाम्रो झन्डा अरु कुनै देशको झण्डाको आकारसंग मिल्दैन। अलिकति आकार उस्तै ढल्किने झन्डा भने, संयुक्त राज्य अमेरिकाको ओहाइयो (Ohio) संग हल्का मिल्छ।

हाम्रो झन्डामा भएको रंग र आकारहरुको आफ्नै अर्थहरू छन्। छोटकरीमा भन्नु पर्दा:

झन्डाको निलो किनारा: शान्ति र एकता।
सिम्रिक रंग: हाम्रो पुर्खाहरुको बहादुरी।
सुर्य र चन्द्रमा: हाम्रो देश सुर्य र चन्द्र जस्तै सधै रही रहन्छ।
दुइटा त्रिकोण: दुइ धर्म – हिन्दु र बुद्ध धर्म।

हाम्रो झन्डाको चित्र कोर्नु भने एउटा लामो कथा नै रहेछ। पहिले त मलाई माथिको त्रिकोण तलको भन्दा अलिकति सानो हुन्छ भनेर मात्र थाहा थियो। म सानो हुँदा नेपालको झन्डा यस्तो बनाउन्थे:

मैले बनाएको नेपालको झन्डा

अहिले आएर मलाई थाहा भयो कि त्यो मैले बनाउने झन्डाको आकार ठिकै खालको मात्र रहेछ। नेपालको २०४७ सालको संभिधान र २०६३को अन्तरिम सम्भिधान अनुसार नेपालको झन्डा बनाउने तरिका त एकदमै बेग्लै रहेछ। हाम्रो राष्ट्रको झन्डा हिसाब गरेर पो बनाउनु पर्दो रहेछ।

तलका चित्रहरुमा थिचेर तपाईंले पनि अंग्रेजी अथवा नेपालीमा संभिधानमा भएको झन्डा बनाउने सही तरिका थाहा पाउनु हुनेछ:

अंग्रेजीमा
झन्डा बनाउने अंग्रेजीमा
श्रोत: ल: कमिसन
नेपालीमा
झन्डा बनाउने नेपालीमा
श्रोत: ल: कमिसन