यो वेब साईट र ब्लगमा तपाईलाई स्वागत गर्दैछु

नमस्ते, मेरो ब्लगमा तपाइलाई स्वागत छ। यो मेरो पहिलो नेपाली ब्लग हो र मसंग यो ब्लगको लागि धेरै योजनाहरु छन्। मैले यो ब्लग बनाउन अहिले भर्खर्रै सकाएको हो र यो लेख यो ब्लगको लागि पहिलो हो।

यो ब्लगमा म नेपालको बारेमा लेख्न चाहन्छु। मैले यो ब्लगमा लेख्ने लेखहरु नेपालसंग सम्बन्धित राख्न खोज्छु। तर कहिले काहिँ भने मैले कुनै फरक शिर्षकमा पनि लेख्न सक्नेछु। मैले सकेसम्म यो ब्लग र यसमा भएका लेखहरु नेपालको बिषयसंग सम्बन्धित राख्न खोज्नेछु।

यो नेपाली ब्लग भएको हुनाले अंग्रेजी तथा नेपाली दुबै भाषामा म लेखहरु लेख्नेछु। यसको मतलब मैले सबै लेखहरु दुई पटक दुईटा भाषामा लेख्नु पर्ने हुनेछ। यसको उधाहरण तपाईले पढ्दै नै हुनुहुन्छ। मैले लेख्नम कुनै गल्तिहरु गरेमा मलाई माफ गर्नुहोला। मलाई मेरो त्रुटीहरु देखाउनुस् र म सकभर छिटो सच्याउनेछु।

मैले यो वेब-साईटमा भएको नेपाली यूनिकोडनेपालीमा टाईप गर्ने सुविधा चलाएर अहिले देवनागिरी लिपीमा लेख्दै छु। तपाईलेपनि यस्तो गर्न सक्नु हुनेछ। मैले यस्तो गर्ने अर्को कुनै ब्लग देखेको छुइन। मेरो लागि पनि यो नयाँ कुरा नै हो। मेरो लेखहरु एउटा भाषाबाट अर्को भाषामा परिणत गर्न समय र मेहनत त अवस्य लाग्छ। त्यसैले मैले धेरै लेख त लेख्न नसक्ला। मैले यसरि दुईटा भाषामा लेखेको फलदायक होस्। मैले यसरी लेख्ने लेखहरु समय संगै सुधार होस्।

मेरो पहिलो छोटो लेखको लागि आज मसंग यति नै समय छ। यो साईट हेर्दै गर्नु होला। मैले यो साईटमा नेपालसंग सम्भंधित उपकरणहरु राखेको छु। यो साईटमा निम्न उपकरणहरु छन्:

नेपाली युनिकोड परिवर्तन उपकरण: अंग्रेजी लिपीबाट नेपाली मा परिवर्तन गर्नको लागि।
नेपाली पात्रो: बिक्रम सम्वत मितिहरु हेर्न को लागि।
नेपाली मिति परिवर्तन उपकरण: नेपाली मितिलाई अंग्रेजी मिति (जुलियन पात्रो अनुसार) र अंग्रेजी मितिलाई नेपालीम परिवर्तन गर्न।
नेपाली समय र मिति: हालको नेपालको समय र मिति थाहा पाउन।

अझ नयाँ उपकरणहरु भविष्यमा मैले यो वेब-साईट राख्न सोचेको छु। तर अहिले भने यी भएका उपकरणहरु नै राम्रो बनाउन खोज्नेछु।

यो ब्लगमा तपाईलाई स्वागत छ
आशिष