नेपालमा वि.सं. २०७० सालमा पर्ने सार्वजनिक बिदाहरुको सूचि

नेपालमा हप्ताको एक दिन सार्वजनिक बिदा हुने चलन छ। आधिकारीक रुपमा शनिबार चाही बिदा र हप्ताका बाकी दिन धेरै संस्थाहरु खुल्ने चलन छ। संसारको धेरै जस्तो भागमा भने हप्ताको दुइ दिन (शनिबार – आइतबार) बिदा हुने चलन छ। नेपालमा भने हप्ताको एक दिन बिदा र अरु बाँकी बिदाहरु चाही यहाँ मानिने थुप्रै चाडपर्वमा हुने गर्दछ।


वि. सं. २०७१ सालमा नेपालमा हुने सर्वजनिक बिदाहरुको सूची
वि.सं. २०७० (ई. सं. २०१३ – २०१४) सालमा भने शनिबार छोडेर नेपालमा २८ दिन राष्त्रभरि सार्बजनिक बिदा छ। नेपालमा मनाइने चाडपर्वहरु हरेक बर्ष एउटै मिति मा पर्दैनन् किनभने चाडपर्वहरु मिति अनुसार होइन तिथि अनुसार मनाईन्छ। कुनै कुनै चाड पर्व चाही सबै भेगमा मानिंदैन। ति चाडपर्वको बिदा पनि भेगै पिछे फरक हुन्छ।

यो लेखमा वि.सं. २०७० सालका सबै सार्बजनिक बिदाहरू को सूचि तयार गरिएको छ। ति बिदाहरू हाम्रो नेपाली पात्रोमा पनि हेर्न सकिन्छ। हाम्रो पात्रोमा बिदाहरुको दिनको रंग रातो गरेर राम्ररी बुझ्ने गरि देखाइएको छ।

विक्रम संबत २०७० (२०१३ – २०१४ इस्वी संबत)मा नेपालमा हुने सार्बजनिक बिदाको सूचि निम्नानुसार छन्:

बैशाख १अप्रिल १४, २०१३आईतबारनव वर्ष
बैशाख ६अप्रिल १९, २०१३शुक्रबारराम नवमी
बैशाख ११अप्रिल २४, २०१३बुधबारलोकतन्त्र दिवस
बैशाख १८मे १, २०१३बुधबारमाज्दुर दिवस
जेठ ११मे २५, २०१३शनिबारबुद्ध जयन्ति
जेठ १५मे २९, २०१३बुधबारगणतन्त्र दिवस
भदौ ५अगस्त २१, २०१३बुधबारजनैपूर्णिमा / रक्षाबन्धन
भदौ ६अगस्त २२, २०१३बिहिबारगाईजात्र (काठमाडौँ उपत्यकालाई मात्र)
भदौ १२अगस्त २८, २०१३बुधबारश्री कृष्ण जन्माष्टमी
१०भदौ २३सेप्तेम्बेर ८, २०१३आइतबारतीज
११भदौ २५सेप्तेम्बेर १०, २०१३मंगलबारऋषिपञ्चमी (महिलालाई मात्र)
१२भदौ २९सेप्तेम्बेर १४, २०१३शनिबारबाल दिवस
१३आश्विन २सेप्तेम्बेर १८, २०१३बुधबारइन्द्र जात्रा (काठमाडौँ उपत्यकालाई मात्र)
१४आस्विन १९अक्टोबर ५, २०१३शनिबारघटस्थापना
१५आश्विन २५अक्टोबर ११, २०१३शुक्रबारफूलपाती
१६आश्विन २६अक्टोबर १२। २०१३शनिबारमहाष्टमी
१७आश्विन २७अक्टोबर १३, २०१३आइतबारमहानवमी
१८आश्विन २८अक्टोबर १४, २०१३सोमबारविजया दशमी
१९आश्विन २९अक्टोबर १५, २०१३मंगलबारएकादशी
२०आश्विन ३०अक्टोबर १६, २०१३बुधबारद्वादशी
२१कार्तिक १अक्टोबर १८, २०१३शुक्रबारकोजाग्रत पूर्णिमा
२२कार्तिक १६नोभेम्बर २, २०१३शनिबारकुकूर तिहार
२३कार्तिक १७नोभेम्बर ३, २०१३आइतबारलक्ष्मी पूजा
२४कार्तिक १८नोभेम्बर ४, २०१३सोमबारम्ह पूजा / गोवर्धन पूजा
२५कार्तिक १९नोभेम्बर ५, २०१३मंगलबारभाइटीका
२६कार्तिक २३नोभेम्बर ९, २०१३शनिबारछठ पर्व​
२७मंसिर २नोभेम्बर १७, २०१३आइतबारगुरु नानक जयन्ती (सिख धर्म मान्नेलाई)
२८पौष २डिसेम्बर १७, २०१३मंगलबारयःमरि पुन्हि
२९पौष १०डिसेम्बर २५, २०१३बुधबारक्रिस्मस
३०पौष १५डिसेम्बर ३०, २०१३सोमबारतमु ल्होसार
३१माघ १जेनवरी १५, २०१४बुधबारमाघे संक्रान्ती
३२माघ १६जेनवरी ३०, २०१४बिहिबारशहीद दिवस
३३माघ १७जेनवरी ३१, २०१४शुक्रबारसोनम ल्होसार
३४माघ २१फेब्रुअरी ४, २०१४मंगलबारसरस्वती पूजा (कुनै शैक्षिक संस्थामा मात्र)
३५फाल्गुन ७फेब्रुअरी १९, २०१४बुधबारप्रजातन्त्र दिवस
३६फाल्गुन १५फेब्रुअरी २७, २०१४बिहिबारमहाशिवरात्रि
३७फाल्गुन १८मार्च २, २०१४आइतबारग्याल्बो ल्होसार
३८फाल्गुन २४मार्च ८, २०१४शनिबारनारी दिवस
३९चैत्र २मार्च १६, २०१४आइतबारफागु पूर्णिमा
४०चैत्र ३मार्च १७, २०१४सोमबारतराईमा होली (तराईमा मात्र)
४१चैत्र १६मार्च ३०, २०१४आइतबारघोडे जात्रा (काठमाडौँ उपत्यकामा मात्र)
४२चैत्र २५अप्रिल ८, २०१४मंगलबाररामनवमी

बिदा नभएका तर पर्व भएका दिनहरु:

बैशाख ५अप्रिल १८, २०१३बुधबारचैते दशैं
बैशाख २६मे ९, २०१३बुधबारआमाको मुख हेर्ने दिन
श्रावन ७जुलाई २२, २०१३सोमबारगुरु पूर्णिमा
श्रावन २१अगस्त ५, २०१३सोमबारगठा मुग:
श्रावन २७अगस्त ११, २०१३आइतबारनाग पंचमी
भदौ २०सेप्टेम्बर ५, २०१३बिहीबारबुबाको मुख हेर्ने दिन
आश्विन ११सेप्टेम्बर २७, २०१३शुक्रबारजितीया पर्व​
कार्तिक १५नोभेम्बर १, २०१३शुक्रबारकाग तिहार
मंसिर १६डिसेम्बर १, २०१३आइतबारबाला चतुर्दशी
१०पौष १८जेनवरी २, २०१४बिहीबारतोल ल्होसार
११माघ २जेनवरी १६, २०१४बिहीबारश्री स्वस्थानी ब्रतारम्भ
१२चैत्र २४अप्रिल ७, २०१४सोमबारचैते दशैं

यो बर्षका बिदाहरूका बारेमा रमाइला कुरा तथा तथ्यहरु:

  • नेपालमा बर्षमा तिन पटक लोकतन्त्र दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवस गरेर स्वतन्त्रता दिवस मनाइन्छ। लोकतन्त्र दिवस बैशाख ११ ( अप्रिल २४, २०१३), गणतन्त्र दिवस जेठ १५ (मे २९, २०१३) र प्रजातन्त्र दिवस फाल्गुन ७, (फेब्रुअरी १९, २०१४) मा मनाइन्छ। तिनै दिनहरु सार्वजनिक बिदा हुन्।
  • यो बर्ष शनिबार छोडेर ३५ वटा पर्वको बिदाहरू छन्।
  • शनिबारमा भने ७ वटा सार्वजनिक बिदाहरू परेका छन्।
  • जम्मा बिदाहरुमा ७ वटा बिदा भने सबका लागि होइनन्। यी बिदाहरू भेगका हिसाबले, धर्मका हिसाबले आदि इत्यादी गरेर दिइन्छन्।
    यो बर्ष ५२ वटा शनिबारहरु छन्।
  • यदि शनिबारमा परेका पर्व पनि गनेमा पर्वहरुको बिदा ४२ दिन छन्।
  • यो बर्षमा रामनवमी दुइपटक पर्दछ। रामनवमी एक पटक बैशाख ६ (अप्रिल १९, २०१३) र अर्को पटक चैत्र २५ (अप्रिल ८, २०१४)मा पर्दछ। पहिलो रामनवमी शुक्रबारमा र दोस्रो मंगलबारमा मनाइदैछ। दुवै दिन बिदा हुन्। पर्वहरु तिथि अनुसार मनाइने हुनाले यस्तो भएको हो।
  • चैतेदशैं पनि यो बर्ष २ पटक पर्दछ। पहिलो चैतेदशैं बैशाख ५ (अप्रिल १८, २०१३) र दोस्रो भने चैत्र २४ (अप्रिल ७, २०१४)मा पर्दछ। पहिलो चैतेदशैं बुधबार र दोस्रो सोमबारमा पर्दछ। चैतेदशैंमा सार्वजनिक बिदा हुने चलन छैन।
  • यसपाली धेरै बिदाहरू बुधबारको दिन परेको छ। यो बर्ष १०वटा बुधबार बिदा हुन्।
  • शनिबारको बिदा नगन्ने हो भने असार र श्रावन महिनामा अरु कुनै सार्वजनिक बिदा छैनन्।
  • दशैंका धेरै दिनहरु आश्विन महिनामा परेका हुनाले सबभन्दा बढी बिदाहरु आश्विन महिनामा परेका छन्। दशैंको एउटा शनिबार गरेर आश्विन महिनामा ८ दिन बिदा छन्।